जोडिनुहोस
  • होमपेज
  • एक वर्षमै चार लाख जनाभन्दा धेरै पर्यटक मुस्ताङ पुगे

एक वर्षमै चार लाख जनाभन्दा धेरै पर्यटक मुस्ताङ पुगे

मुस्ताङमा एक वर्षमा चार लाख १४ हजार जनाभन्दा धेरै पर्यटकले भ्रमण गरेका छन् । म्याग्दीदेखी मुस्ताङ छिर्ने नाका अन्तर्गतको घासा प्रहरी चौकीको तथ्याङ्कअनुसार गएको वर्षको वैशाख १ गतेदेखि चैत ३० गतेसम्ममा चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

सडकको पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पर्यटकको सङ्ख्या बढिरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने विदेशी पर्यटकसम्मले मुस्ताङ रोज्न थालेका छन् ।

विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो देशबाट पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । यसैबीच गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनामा आठ हजार जनाभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । गएको साउनदेखी चैत महिनासम्ममा मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक पुगेका मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप० का प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित सृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्छन् । त्यस्तै पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका