जोडिनुहोस
  • होमपेज
  • अमेरिकी विदेशमन्त्री तीन दिने चीन भ्रमणमा

अमेरिकी विदेशमन्त्री तीन दिने चीन भ्रमणमा

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्केन अप्रिल २४ मा चीन पुग्नेछन् र २६ अप्रिलसम्म त्यहाँ बस्नेछन् । यस भ्रमणका क्रममा ब्लिन्केनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ब्लिन्केनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्नेछन् । यसबाहेक मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबीच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबीच वार्ता हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका