जोडिनुहोस
  • होमपेज
  • वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी

वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी

काठमाडौं।गोरखाको चुननुब्री गाउँपालिका— १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ।

हिमताल फुटेपछि स्थानीय खहरे खाेलामा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। ‘बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ। क्षतिको थप विवरण आइसकेको छैन।’

ताल रहेको क्षेत्र चुननुब्री— १ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने पाठकले बताए। सानागाउँ प्रहरी चौकीबाट असईको कमान्डमा प्रहरी टोली घटनास्थलतिर गएको छ।

‘त्यहाँ मानव वस्ती त्यति नभएकाले बाढीले मानिस र पशु चौपायालाई क्षति नगरेको हुनसक्छ,’ एसपी पाठकले भने, ‘माथिबाट हिउँ पग्लिएर ताल भरिएपछि फुटेको आशंका हामीले गरेका छौँ। स्थलगत अध्ययनपछि यथार्थ थाहा होला।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका