जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल वैशाख १० गते सोमबारको राशिफल

आज २०८१ साल वैशाख १० गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आज बनाएका योजना दीर्घकालीन हुनेछन्। व्यवसायमा लाभ मिल्नेछ। सामाजिक सेवा गर्ने अवसर छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। नाम र दाम कमाउने समय छ। अभिभावक र साथीसँग भेट हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट मन खुशी हुनेछ।

मिथुनः शेयर कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ। गुम्न लागेको धन प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। परिवारबाट साथ र सहयोग रहनेछ।

कर्कटः शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ।

सिंहः व्यापारमा सफलता प्राप्त हुनेछ। लामो समयको संघर्षपछि तपाईंको उदय हुने दिन हो। थोरै बोलेर धेरै काम गर्नुपर्ने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

कन्याः धार्मिक यात्राको योग रहेको छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः मिठो खाने अवसर मिल्नेछ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिकः रोकिएको कामलाई निरन्तरता दिनु राम्रो हुन्छ। अरु सजिलै सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुनेछ।

धनुः पारिवारिक समस्याले सताउने योग छ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः हतारमा निर्णय गर्नु राम्रो हुँदैन। साथीले सहयोग गर्नेछन्। बौद्धिक व्यक्तिसँग सुझाव लिएर काम थाल्नु राम्रो हुन्छ। व्यापार भए आम्दानी बढ्नेछ।

कुम्भः बोलीमा नम्रता र भावमा शुद्धता आवश्यक देखिन्छ। मनमा कुरा खेल्दै गर्दा काम गर्ने आँट नहुन सक्छ। तर परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

मीनः शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। विद्याको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका