जोडिनुहोस
  • होमपेज
  • नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ (जुन १५) मा मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

नेपालले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा डे अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्ने लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मैत्रीपूर्ण खेल खेल्ने लगभग पक्का भईसकेको बताए ।

फिलिपिन्स नेपाल भन्दा माथिल्लो वरीयताको टोली हो । फिलिपिन्स १ सय ३६ औं स्थानमा रहेको छ । नेपालको वरीयता १ सय ७४ औं रहेको छ ।

फिलिपिन्ससँग नेपालले हालसम्म ६ खेल खेलेको छ । जसमा नेपालले ४ खेल हारेको छ । नेपालले एक खेल जितेको छ र एक खेल हारेको छ ।

पछिल्लो पटक नेपालले २०१७ मा फिलिपिन्ससँग खेलेको थियो । एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको थियो ।

त्यसअघि फिलिपिन्सले पहिलो लेगमा नेपाललाई ४-१ ले हराएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका