जोडिनुहोस
  • होमपेज
  • सुहाङ भन्छन्; जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

सुहाङ भन्छन्; जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

इलाम क्षेत्र नं। २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले दिवंगत पितासमेत रहेका नेता सुवास नेम्वाङले देखाएको बाटोमा अघि बढ्नु पर्ने बताएका छन् । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाएको बाटोबाट विचलित नहुने बताए ।

‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, सुहाङले भने ।

इलाममा आफू माओवादी केन्द्र, नेकपा र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी गठबन्धन मात्रै नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताए । युवा र अनुभवी नेताको योगबाट मात्रै समृद्ध नेपाल बनाउन सकिनेमा उनले जोड दिएका छन् । नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उच्छृङ्खल भएर प्रस्तुत नहुन आग्रह गरे । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन आग्रह गरे । उनले त्यस्ता भ्रममा नपर्न अनुरोध गरे । अब एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनतामाझ जानु पर्ने उनको भनाइ थियो । इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । ती बाँकी काम पुरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका