जोडिनुहोस
  • होमपेज
  • पारिश्रमिक बढाउने आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किए

पारिश्रमिक बढाउने आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किए

काठमाडौँ । शिक्षक आन्दोलनले रोकिएको काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौँमा मंगलबारदेखि एसइईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए ।

शिक्षक सङ्गठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार पारिश्रमिक बढाउने प्रक्रिया अघि बढिसकेको छ । जिल्ला शिक्षा समन्वय एकाइहरूका अनुसार काठमाडौँमा उत्तरपुस्तिका परीक्षण सुरु भएको र ललितपुरमा तयारीका केही काम सकेर शुक्रबारदेखि सुरु गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका