जोडिनुहोस
  • होमपेज
  • दशैं लागेसँगै सेयर बजारमा उत्साह, कारोबार रकम भने खुम्चियो

दशैं लागेसँगै सेयर बजारमा उत्साह, कारोबार रकम भने खुम्चियो

दशैं सुरु भएसँगै सेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दशैंमा खर्च व्यवस्थापन गर्न सेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१ दशमलव ४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।

नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि हुँदा १९०० को विन्दु नाघेर बन्द भएको छ ।
बुधबार बजार परिसूचक नेप्से ४३ दशमलव २७ अंकले वृद्धि हुँदा १९०७ दशमलव ८९ को विन्दुमा बन्द भएको हो । बुधबार सबै उपसूचकमा हरियाली छाउँदा बैंकिङ क्षेत्रमा नै आकर्षण देखिएको छ ।

निर्जीवन बीमा उपसूचक सर्वाधिक २ दशमलव ८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २।७६ प्रतिशत, हाइड्रोपावर उपसूचक २।५३ प्रतिशत र बैंकिङ उपसूचक २ दशमलव ४६ प्रतिशत बढेर बन्द भएको छ ।

नेप्सेमा हरियाली देखिएपनि दशैं लाग्दा लगानीकर्तामा सक्रियता घटेको छ । जसले बुधबार कारोबार रकम पनि घटेको छ ।

मंगलबार करिब १ अर्बको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ९३ करोड ४९ लाखमा सिमित भएको ३१ हजार ७८८ वटा कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४६ लाखको कारोबार हुँदा कुमारी बैंकको संस्थापक सेयर ३ करोड १४ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४३ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३६ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ ।
जसमध्ये २२३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार हरीयाली छाएको बजारमा आशा लघुवित्तको सेयरमूल्य १० प्रतिशत र इन्फीनिटी लघुवित्तको सेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै मिड सोलु हाइड्रोपावर सेयरमूल्य ९ दशमलव ३१ प्रतिशत र ज्योति विकास बैंकको सेयरमूल्य ९ दशमलव १९ प्रतिशतले बढेको छ ।

बीडीडब्लु लघुवित्तको सेयरमूल्य ४ दशमलव ६२ प्रतिशतले गिरावट हुँदा एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य ३ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका