जोडिनुहोस
  • होमपेज
  • जापानी परराष्ट्रमन्त्री नेपाल आउँदै

अन्तर्राष्ट्रिय

जापानी परराष्ट्रमन्त्री नेपाल आउँदै

  • Sagarmatha TV
  • आइतवार, बैशाख १६, २०८१
जापानी परराष्ट्रमन्त्री नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएका छन् । उनी श्रीलंका हुँदै यहि बैशाख २३ गते नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जापानको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भेटका क्रममा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने जनाइएको छ । साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने जापानको विदेश मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

परराष्ट्रमन्त्रीसँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने छन् ।
नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका