जोडिनुहोस
  • होमपेज
  • टर्की भूकम्प : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

टर्की भूकम्प : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की भूकम्पमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्तमा समवेदना प्रकट गरेका छन् ।

‘टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् । टर्कीको गाजियान्टेप सहरनजिक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५०० सय नाघिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका