जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ खुवाइएको छ । 

लुम्बिनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन् । यद्यपि, उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका