जोडिनुहोस
  • होमपेज
  • दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली

दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली

मुगु । निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल । न घर, न बार । पानी चुहिने छानो भएको घरमा न खाना छ, न नाना नै । न ओत लाग्ने ठाउँ, न ओढ्ने–ओछ्याउने कपडा नै । यो दृश्य हो, मुगुको छायाँनाथ रारा नगरपालिका– १३ रुघा गाउँको । दुवै मिर्गौला फेल भएर लक्ष्मी रावतको मृत्यु भएपछि उनको परिवार बिचल्ली मा परेको छ । सात महिनाकै बालकले आमा गुमाएको मात्र छैन, जना बालबालिका पनि बिचल्लीमा परेका छन् ।

गत माघको अन्तिम तिर आमा लक्ष्मी रावतको दुवै मिर्गौला फेल भएर मृत्यु भएपछि उनका दुई छोरा र दुई छोरी बिचल्लीमा परेका हुन् । आमाको मृत्युपछि दुधे बालकको अवस्थाले जोकोहीको मन भक्कानिएर आउँछ ।

आमा लक्ष्मी रावतको मृत्यु भएपछि ७ महिने दुधे बालकसहित अन्य तीनजना बालबालिका सहाराको पर्खाइमा छन् । लक्ष्मीकी आमा बाँचकला बोहोराको घरमा बालबालिकाले आश्रय लिँदै आएका महिला स्वास्थ्य स्वयंसेविका हरिकन्या नेपालीले जानकारी दिइन् । उनका अनुसार सात महिना र ८ वर्षका छोरा र ६ र ४ वर्षकी छोरी छन् ।

खेतपातीले ६ महिनासमेत खान नपुग्ने भएपछि लक्ष्मीका पति २७ वर्षीय सुरत रावत मजदुरी गर्छन् । ती बालबालिकाको सहारा भनेका बुबा सुरत र नाताले हजुर आमा पर्ने बाँचकला हुन् । तर, सुरत मजदुरी गर्न जाने भएकाले सबै जिम्मेवारी बाँचकलाकै काँधमा आइपरेको छ ।

‘अब त यी टुहुराहरुको पालनपोषण कसले गर्देला रु हामी बुढा बुढी डाँडामाथिका घाम भइसक्यौँ,’ ६० वर्षीया बाँचकलाले भनिन् । लक्ष्मीको मृत्युपछि सात महिने बालक बिरामी परेकाले घरमै थला परेको उनले बताइन् ।

आर्थिक अवस्था कमजोर भएकाले बालबालिकाको पालनपोषण गर्न छिमेकहरुले संकलन गरेर दिएको ३५ हजार रुपैयाँले खर्च गरेको बाँचकलाले बताइन् । तर, उक्त रकम पनि सकिएकाले अब कसरी बालबालिकाको पालनपोषण र शिक्षादीक्षा दिने भन्नेमा बाँचकला र उनका ज्वाइँ तथा लक्ष्मीका पति सुरत चिन्तित् छन् ।

घरमा खान अन्नमात्रको अभाव होइन, बासका लागि सुरक्षित छानासहितको घरसमेत नरहेकाले बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेको स्थानीय बताउँछन् । राज्यले शिक्षा, स्वास्थ्य, गाँसबास नभएकालाई हेरविचार गर्नुपर्नेमा वडा र नगरपालिकाले अहिलेसम्म चासो नदिएको हजुुरआमा बाँचकलाको गुनासो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका