जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचन निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, के–के गर्न पाइँदैन ?

उपनिर्वाचन निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, के–के गर्न पाइँदैन ?

काठमाडौं— प्रतिनिधि सभा उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता हुँदैछ । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् ।

यसैबीच, आइतबार आयोगले उम्मेदवारको मनोनयनपत्र दर्तामा २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ ।

आयोगले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने, उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने निर्देशन जारी गरेको हो ।

तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी, चितवन–२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका