जोडिनुहोस
  • होमपेज
  • तीनवटै क्षेत्रमा नागरिक उन्मुक्तिको उम्मेदवार

तीनवटै क्षेत्रमा नागरिक उन्मुक्तिको उम्मेदवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा – २ मा रामचन्द्र चौधरी, चितवन- २ मा राजेश अधिकारी र तनहुँ- १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका