जोडिनुहोस
  • होमपेज
  • महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै

महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै

काठमाडौँ । हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले आज पाकिस्तान-ए सँग खेल्दै छ ।

नेपाली महिला क्रिकेट टिमले आफ्नो पहिलो खेलमा पाकिस्तान ए टिमको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान ६: ४५ बजेदेखि शुरु हुने छ ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समुह ए मा रहेको छ ।

नेपालले पहिलो खेल आज पाकिस्तानको ए टिमसँग खेल्दै छ भने दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टीम- रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका