जोडिनुहोस
  • होमपेज
  • सम्पादकहरूसँग माधव नेपालले भने– यो गठबन्धन पाँच वर्षसम्म टिक्छ

सम्पादकहरूसँग माधव नेपालले भने– यो गठबन्धन पाँच वर्षसम्म टिक्छ

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्तारुढ गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । राजधानीमा बुधबार विभिन्न मिडियाका सम्पादकहरुसँगको भेटमा उनले गठबन्धनको आयुबारे प्रस्ट पारेका हुन् । वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ भन्ने आशंका नगर्न पनि उनले आग्रह गरे ।

‘तपाईंहरु ढुक्क भए हुन्छ, यो गठबन्धन पाँच वर्षसम्म जान्छ,’ एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले भने । मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको उनले दाबी गरे ।

‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयु छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन्,’ नेपालले भने, ‘त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर तपाईंहरु ढुक्क भए हुन्छ, यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।

राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छौं ।’ उनले सत्तारुढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका