जोडिनुहोस
  • होमपेज
  • तनहुँ- १ कसैका लागि प्रयोग गर्ने ठाउँ होइनः गगन थापा

तनहुँ- १ कसैका लागि प्रयोग गर्ने ठाउँ होइनः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तनहुँ – १ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको टिप्पणी गरेका छन् ।

तनहुँ – १ को उपनिर्वाचनमा मनोनयन दर्ताअघि आयोजित कार्यक्रममा महामन्त्री थापाले तनहुँ – १ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताएका हुन् ।

महामन्त्री थापाले भने – ‘तनहुँले दुवै क्षेत्रमा काँग्रेसलाई जिताएर पठायो । आदरणीय रामचन्द्र पौडेल देशको राष्ट्रपति बन्नु भयो । यो सानो कुरा होइन । यो क्षेत्र कसैका लागि प्रयोग गर्ने ठाउँ होइन ।’

थापाले सरकारले आगामी पाँच वर्ष राम्रो काम नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । कांग्रेससहितका दलले अहिले पाँच वर्षका लागि जिम्मा लिएकोले राम्रो काम गर्न नसके सजायको भागीदार बन्नुपर्नेमा जोड दिए । तनहुँ- १ मा गोविन्द भट्टराई गठबन्धनका साझा उम्मेदवार भएको भन्दै थापाले पार्टीले एक मतले उनलाई उम्मेदवार बनाएको बताए ।

गोविन्द भट्टराई तनहुँको माटोले चिनेको र उनी तनहुँको माटोलाई चिनेको उम्मेदवार रहेको बताउँदै थापाले उनले कांग्रेसका नयाँ र पुराना सबैलाई जोडेर लैजान सक्ने क्षमता रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका