जोडिनुहोस
  • होमपेज
  • प्रधान सेनापति शर्मा र अष्ट्रेलियाका राजदूत भोल्कबीच शिष्टाचार भेट

प्रधान सेनापति शर्मा र अष्ट्रेलियाका राजदूत  भोल्कबीच शिष्टाचार भेट

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेकी छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरूबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैबीच, प्रधानसेनापति शर्माले  सहायकरथीबाट उपरथीमा बढुवा भएका सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरे ।

मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरूप उपरथीमा बढुवा भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ । महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नति भएका तीन महासेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेको निर्देशनालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका