जोडिनुहोस
  • होमपेज
  • मुम्बइलाई हराउदै प्लेअफमा स्थान बनाउने सोचमा गुजरात

मुम्बइलाई हराउदै प्लेअफमा स्थान बनाउने सोचमा गुजरात

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा आज शुक्रबार एक खेल हुदैछ । आइपीएल २०२३ को ५७ औं खेलमा मुम्बई इन्डियन्स र गुजरात टाईटन्सको बीचमा खेल हुनेछ ।

मुम्बईको घरेलु मैदान वांनखडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ । मुम्बईलले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको थियो ।

आजको खेल जितेर मुम्बई प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । मुम्बई एघार खेलमा छ जित र पाँच हारका साथ चौथो स्थानमा रहेको छ ।

गुजरात यस खेल जितेर प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ । गुजरात एघार खेलमा आठ जित र तीन हारका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

अघिल्लो खेलमा गुजरातले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । यि दुई टोलीबीच भएको दुई खेलमा दुवै टोलीले १/१ खेल जितेका छन् ।

यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । पहिलो खेलमा गुजरात ५५ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका