जोडिनुहोस
  • होमपेज
  • समाजवादी मोर्चाले सबै प्रदेशमा घोषणा सभा गर्ने

समाजवादी मोर्चाले सबै प्रदेशमा घोषणा सभा गर्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने भएको छ ।

आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

नेकपा एसका नेता प्रमेश हमालका अनुसार मधेस प्रदेशको वीरगञ्जमा ८ गतेबाट सुरु हुने प्रदेश सभा क्रमश भदौ १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा र भदौ २५ गते कोशीको विराटनगरमा घोषणा सभा गरिनेछ ।

सो मोर्चामा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी केन्द्र०, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

आजको बैठकले सबै ७ प्रदेशमा मोर्चाका संयोजक तोक्ने तथा सरकारले भ्रष्टचार विरुद्ध थालेको अभियानलाई समर्थन जनाउने निर्णय लिएको नेकपाका महासचिव चन्दले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका