जोडिनुहोस
  • होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु हुनेछ । हिजो सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् ।

बहसका लागि पूर्व महान्यायाधिवक्ता, नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको समय अनुसार सरकारी वकिलले तीन दिनमा बहस सकाएपछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलले बहसका लागि ६ दिनको समय पाउनेछन् ।

जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।

गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गर्दै आएका छन् ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र जीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका