जोडिनुहोस
  • होमपेज
  • काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

जनकपुरधाम – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे ।

“वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसै कारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ,” उनले भने, “त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।”

अध्यक्ष नेपालले ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको पार्टी जागरण अभियानका क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने पनि बताए ।

एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान(२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका