जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ १३ गते शनिबारको राशिफल

आज २०८० साल माघ १३ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। बोलीमा मिठास छ। धेरैको मन जित्ने काम गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। नयाँ ठाउँको यात्रा गर्नाले खर्च बढ्नेछ। हरेक क्षेत्र सबल छन्। धन खर्च हुने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। सोचेको भन्दा राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानी फस्ने खतरा देखिन्छ। परिवारबाट भने साथ र सहयोग प्राप्त हुनेछ।

कर्कटः चन्द्रमाको उदय भएकाले दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। वर र पिपलमा पानी चढाएर शनिबार शनिदेवसँग प्रार्थना गर्नाले उन्नति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा सहजता मिल्नेछ। परिवारको साथ पाइने छ।

सिंहः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट भने असन्तोषको आवाज सुन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्धमा झगडा हुने देखिन्छ।

कन्याः तपाईंले संघर्ष गर्नुपर्ने छ। हरेक क्षेत्र सबल भएकाले प्रयास भने लगातार गर्नुपर्ने देखिन्छ। गुरुबाट असहयोग भए पनि परिवारबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ।

तुलाः आजको समय राम्रो छ। तपाईंलाई साथ दिने धेरै छन्। हिम्मत गर्ने दिन छ। शिक्षामा गरेको मेहनत अधुरै भएकाले ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ हुनाले दिन रमाइलो नै हुनेछ।

वृश्चिकः समय सामान्य छ। आफ्नै साथीले कुरा काट्ने छन्। असफल पारेर हाँस्नेसँग सचेत हुनुपर्ने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साहा मिल्नेछ। परिवारको साथ रहने छ। राम्रो कामको सुरुवात गरेमा सफलता मल्नेछ।

मकरः दिन सामान्य छ। अचानक धन खर्च हुनेछ। सत्य बोले पनि गलत अर्थ लगाउने धेरै देखिन्छन्। शनि देवको छाया योग रहेकाले वर र पिपलको दर्शन मात्र गरेमा ठुलो उन्नति हुनेछ।

कुम्भः समय सामान्य राम्रो छ। दान गरेमा काम बन्नेछ। दान नगरी कामको सुरुवात गरेमा आरोप लाग्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

मीनः दिन राम्रो छ। मनमा उत्साहा र उमंग रहने योग छ। परोपकार गरेमा हरेक क्षेत्र सबल बन्नेछन्। समयको सदुपयोग नगरेमा पछुतो हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका