जोडिनुहोस
  • होमपेज
  • पहिलो दिनमै नेप्से सूचक ४० अंकले बढ्यो

पहिलो दिनमै नेप्से सूचक ४० अंकले बढ्यो

काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०.४८ अङ्कले बढ्दै १९ सय ८०.०९ अङ्कको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ६.१० अङ्कले बढ्दै ३७०.५२ अङ्कको विन्दुमा उक्लिएको छ । यसदिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी फाइनान्स समूह र इन्भेस्टमेन्ट समूहको उपसूचक क्रमशः ५.७२ प्रतिशत र ५.११ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६६ प्रतिशतले बढेको छ ।

यस्तै, ट्रेडिङ समूहको उपसूचक ३.८८ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५३ प्रतिशतले बढेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को सेयर मूल्य ३.८३ प्रतिशतले घट्न पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका