जोडिनुहोस
  • होमपेज
  • कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त

कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

आज थपिने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की रहेका छन् । त्यस्तै नेपाली कांगेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाटै इन्दिरा थापा राज्यमन्त्री नियुक्त भएकी छन् ।

बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालय पाएका छन् । कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्य मन्त्रालय पाएका छन् । कांग्रेसकी इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम रहेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका