जोडिनुहोस
  • होमपेज
  • जितपछि सन्दीपको सर्रे दोस्रो स्थानमा उक्लियो

जितपछि सन्दीपको सर्रे दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । जारी ग्लोबल टी-२० क्यानडामा सन्दीप लामिछाने खेलिरहेको टिम सर्रे जगुअर्सले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा सर्रे जगुअर्सले ब्राम्पटन वोल्भ्सलाई ६ विकेटले पराजित गरेको हो । ब्रम्पटनले दिएको १२९ रनको लक्ष्य पछाएको सर्रेले १८।१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको ब्रम्पटनले २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन बनाएको थियो ।

यस खेलमा नेपाली बलर सन्दीप लामिछाने भने विकेट विहिन बनेका थिए । ३ ओभर बलिङ गरेका सन्दीपले २५ रन दिएका थिए । यो जितपछि सर्रे अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सर्रेको ६ खेलमा ८ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै ८ अंक नै रहेको ब्रम्पटन पनि रनरेटका आधारमा तेस्रो स्थानमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका