जोडिनुहोस
  • होमपेज
  • सावधान ! जहाँ राम्रो सम्पत्ति त्यहाँ एनआइसी एसिया बैंकको गिद्धेनजर

सावधान ! जहाँ राम्रो सम्पत्ति त्यहाँ एनआइसी एसिया बैंकको गिद्धेनजर

काठमाडौं – के तपाईं एनआईसी एसीया बैंकमा आफ्नो सम्पत्ती धितो राखेर ऋण लिँदै हुनुहुन्छ ? त्यसो हो भने होसियार ! एनआइसी एसीया बैंकले तपाईले धितोमा राखेका सम्पत्ती जुनसुकैबेला पनि जफत गर्न सक्छ । यस्तै भएको छ व्यवसायी सुधीर बस्नेतको हकमा । बैंकले काठमाडौँको धापासिमा रहेको बस्नेतको २४ रोपनी जग्गा कानूनी झमेलामा फसाएर कब्जा गरेको छ ।

एनआइसी एसीया बैंकले सुरुमा साथी बनेर ऋण दिने अनि ग्राहकले ऋण तिर्ने बेला थोरै तलमाथि भएमा अनेक कानुनी झमेला बुनेर धितोमा राखेको सम्पत्ति हडप्ने गरेको पाइएको हो । बैङ्कले यतिबेला ओरियन्टल बिल्डर्स र यसका सञ्चालक सुधीर बस्नेतलाई पनि घरको न घाटको बनाएको छ ।

२०६६ साल जेठमा ओरियन्ट विल्डर्सका सञ्चालक सुधीर बस्नेतले काठमाडौंको धापसिमा रहेको २४ रोपनी ९ आना जग्गा एनआइसी एसिया बैङ्कमा धितो राखेर १४ करोड रुपैंया ऋण लिएका थिए । पछि त्यसैलाई बढाएर २ अर्व बढीको सम्पत्ति जफत गरेको छ । यति सम्मकी यो विषय अदालतमा विचाराधिन हुँदा हुँदै बैंकले आफ्नो सुरक्षा गार्ड राखेर जग्गा कब्जा गरेको छ ।

अदालतमा विचाराधीन मुद्दाका विषमा एनआइसी एसिया बैङ्कसँग प्रश्न गर्दा, क्यामेरामा बोल्न नमान्ने बैङ्कका अधिकारी अर्जुन खनियाले यो स्वाभाविक प्रक्रिया भएको र उक्त जग्गा र संरचना अब बैकको भएको दाबी गरे ।

त्यसो त एनआईसी एसिया बैकको सिकार बनेका सुधीर बस्नेत नै पहिलो व्यक्ति भने होइनन् । बैङ्कको दुई किस्ता तिर्न मात्रै ढिला भयो भने ऋणीको घरमा सुरक्षा गार्ड पठाउने गरेका थुप्रै समाचार सार्वजनिक भइसकेका छन् । यतिमात्र होइन सुरक्षाका हिसाबमा पनि बैङ्क कमजोर मानिदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका