जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री कार्कीले खानेपानीमा चार करोड बजेट छुट्याएपछि हर्क साम्पाङ खुशी

मुख्यमन्त्री कार्कीले खानेपानीमा चार करोड बजेट छुट्याएपछि हर्क साम्पाङ खुशी

काठमाडौं । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीको लागि ४ करोड रुपैयाँ विनियोजन गरेपछि मेयर हर्क साम्पाङले खुशी व्यक्त गरेका छन् ।

प्रदेशका अर्थ तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत जारी गरेको २०८०/८१ को बजेटमा धरानको खानेपानी पूर्वाधारमा चार करोड बजेट छुट्याएपछि मेयर हर्कले धन्यवाद दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले बजेट छुट्याएपछि धरानका मेयर हर्क साम्पाङ खुशी हुँदै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘प्रदेश सरकारलाई हार्दिक धन्यवाद ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका