जोडिनुहोस
  • होमपेज
  • कश्मीरको गुलमर्गमा पर्यटकको भीड

अन्तर्राष्ट्रिय

कश्मीरको गुलमर्गमा पर्यटकको भीड

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १०, २०७९
कश्मीरको गुलमर्गमा पर्यटकको भीड

गुलमर्ग – कश्मीरको गुलमर्गमा बाक्लो हिउँ परेपछि पर्यटकको चहलपहल बढेको छ । यो कश्मीर उपत्यकाको प्रसिद्ध पर्यटक गन्तब्यस्थल पनि हो ।

गुलमर्ग पश्चिमी हिमालयको पीर पञ्जाल दायरामा अवस्थित रहेको छ, । हिउँले ढाकिएको विश्व प्रसिद्ध गुलमर्गको स्की रिसोर्टको मनमोहक सौन्दर्यले पर्यटन उद्योगलाई टेवा दिँदै ठूलो मात्रामा पर्यटकहरूलाई आकर्षित गरेको छ ।

पर्यटकहरू हिउँमा हिड्दै र स्नोबलसँग खेलिरहेको देखिएका छन्। यसैबीच, गुलमर्गका होटलहरू खचाखच भरिएका छन्, र पसल, स्कीइङ प्रशिक्षक, ट्याक्सी अपरेटर र स्लेज मालिकहरू लगायत यस व्यापारसँग सम्बन्धित व्यक्तिहरूले पनि राम्रो व्यापार गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका