जोडिनुहोस
  • होमपेज
  • आदिपुरुष फिल्मका लेखक भन्छन्, ‘१९०३ अघि नेपाल भारतकै अंश थियो’

आदिपुरुष फिल्मका लेखक भन्छन्, ‘१९०३ अघि नेपाल भारतकै अंश थियो’

डायलगलाई लिएर नेपालमा मात्रै नभई भारतमा समेत विवादित बनिरहेको भारतीय फिल्म आदिपुरुषका लेखकले नेपालबारे अर्को तर्क पेस गरेका छन् । उनले नेपाल भारतकै अंश भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले आदिपुरुषलाई लिएर नेपालमा भइरहेको विरोधलाई आफूले बुझ्न नसकेको पनि बताएका छन् । उनले नेपाल भारतबाट अलग नभएका कारण सीता भारतकै ‘बेटी’ भएको दाबी गरेका छन् । उनले राष्ट्रको रूपमा नेपाल भारतबाट अलग नभएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालको विरोध मैले बुझ्न सकिरहेको छैन किनभने नेपाल भारतको अंश थियो । त्यसैले हामीले सीतालाई ‘भारतकी बेटी’ भनिरहँदा नेपाल भने भारतबाट अलग थियो र ?’

उनले थपेका छन्, ‘नेपाल त १९०३ मा भारतबाट अलग्गिएको थियो । नेपाल त ठ्याक्कै भारत जस्तै थियो । नेपाल भारत नै थियो, त्यो हिसाबले सीता भारतकै ‘बेटी’ थिइन् ।’

यसै कारणले उनले नेपालीको विरोध बुझ्न नसकेको बताए । उनी भन्छन्, ‘तर यदि कसैलाई चित्त बुझिरहेको छैन भने पनि उनीहरू हाम्रा भाइ नै हुन् । हामी जस्तै हुन् । म नेपालीलाई आफूभन्दा फरक नै मान्दिनँ । त्यसैले उहाँहरूलाई कुनै कुरा चित्त बुझिरहेको छैन भने यसबारे मसँग कुरा गर्न सक्नुहुन्छ र त्यसपछि म ‘यहाँ जुन समयको कुरा भइरहेको छ, त्यति बेला सीता भारतकै छोरी थिइन्’ भनेर बुझाउने थिएँ ।’

उनले अन्तिममा थपेका छन्, ‘राष्ट्रको रूपमा नेपाल र भारत अहिले पनि अलग छैनन्, भलै देशको रूपमा अलग होलान्, सीमाहरु अलग भए पनि । तर राष्ट्रियताको रूपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका