जोडिनुहोस
  • होमपेज
  • आजदेखि साफ च्याम्पियन्सिप फुटबलः नेपालले कुवेतको सामना गर्दै

आजदेखि साफ च्याम्पियन्सिप फुटबलः नेपालले कुवेतको सामना गर्दै

काठमाडौं । आजदेखि दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप हुदै छ । साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बेंगलुरुमा हुदै छ ।

नेपालले साफ च्याम्पियन्सिपको उद्घाटन खेलमा कुवेतको सामना गर्दै छ । खेल नेपाली समय अनुसार अपराहन्न ३स् ४५ बजेदेखि शुरु हुने छ । कुवेत फिफा वरियताको १४३औँ स्थानमा छ । १७४औँ स्थानको नेपालले कुवेतलाई कडा टक्कर दिन सक्ने अनुमान छ । नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ । पछिल्लो पटक २०२२ को जुनमा एसियाकप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४-१ ले पराजित गरेको थियो ।

आजै दोस्रो खेल भारत र पाकिस्तानबीच राति ७: ४५ बजेदेखि हुदै छ ।

जुन २१ देखि जुलाई ३ सम्म हुने हुने साफ च्याम्पियनसिपका खेलहरु श्री कान्तिभरा स्टेडियमा हुनेछ ।

यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिदै छन् । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेल्ने छैन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दुवै समुहका शिर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।

यसअघि १३औं संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो । जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । त्यसअघि नेपाल २०११, २०१३ र २०१८ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका