जोडिनुहोस
  • होमपेज
  • हमासले छोरी अपहरण गरेको भिडियो देखेपछि जर्मन आमाको हारगुहार

हमासले छोरी अपहरण गरेको भिडियो देखेपछि जर्मन आमाको हारगुहार

बर्लिन । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शानीबार गरेको आक्रमणपछि बेपत्ता भएकी छोरीको बारेमा जानकारीका लागि एक जर्मन आमाले अपिल गरेकी छन् ।

इजरायलमा गाजा पट्टी नजिकै आयोजना भइरहेको संगीत महोत्सवमा हमासका चरमपन्थीहरूले आक्रमण गरी उनलाई अपहरण गरेका थिए । त्यसपछि गाजाको सडकमा पिकअप ट्रकमा राखेर परेड गराइएको थियो । शानी लुक एक जर्मन पर्यटक हुन् जो महोत्सवमा उपस्थित थिइन् ।

जब चरमपन्थीहरूले आक्रमण गरे त्यहाँ उपस्थित मानिसहरू मरुभूमितर्फ दौडिएको देखिएको थियो । शानी लुककी आमा रिकार्डाका अनुसार उनले आफ्नी छोरीको भिडियो हेरिन् जसमा उनी कारमा अचेत अवस्थामा देखिन्छिन् । आफ्नी २० वर्षीया छोरीको तस्बिर समात्दै, रिकार्डाले सामाजिक सञ्जालमा एक अपील जारी गरेकी छन् जसमा उनले दक्षिणी इजरायलमा प्यालेस्टिनी हमासले पर्यटकहरूको समूह अपहरण गरेको उल्लेख गरेकी छन् ।

‘हामीलाई पठाइएको भिडियोमा, मैले मेरी छोरी अचेत अवस्थामा रहेको स्पष्ट रूपमा चिन्न सक्छु । उनीहरू उनलाई गाजा पट्टीमा लैजाँदै थिए,’ उनले भनेकी छन् । सामाजिक सञ्जालमा एउटा भिडियो निकै शेयर भइरहेको छ जसमा केही व्यक्तिहरु एक महिलालाई सडकमा परेड गराइरहेको देखिन्छ । महिलाको अनुहार तलतिर देखिए पनि परिवारले उनको ट्याटुबाट शानी लुकेको पहिचान गरेको बताएको छ ।

इजरायल–प्यालेस्टाइनमा हालसम्म ९७० जनाको मृत्यु भइसकेको छ सङ्गीत महोत्सवमा सहभागी भएका धेरै व्यक्तिहरू अझै बेपत्ता छन् र उनीहरूमध्ये धेरैलाई बन्धक बनाएको विश्वास गरिन्छ । हमासको आक्रमणमा इजरायलमा ६०० भन्दा बढीको मृत्यु भइसकेको छ भने २००० जनाको उपचार भइरहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका