जोडिनुहोस
  • होमपेज
  • सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त छैनन् : सुमना श्रेष्ठ

सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त छैनन् : सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग उनले सो कुरा बताइन् ।

सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पारिन् । उनले विपद् पोर्टल पालिका स्तरमा पु¥याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दाबी गरिन् ।

सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका