जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा ८ वर्षीय बालिकाको बलात्कारपछि हत्या

पाकिस्तानमा ८ वर्षीय बालिकाको बलात्कारपछि हत्या

लाहोर— पाकिस्तानको लाहोरको राईविन्ड क्षेत्रमा बलात्कृत भएको ८ वर्षीय बालिकाको केही दिनसम्म जीवन–मरणको संघर्षपछि अस्पतालमा मृत्यु भएको छ ।

अपराध लुकाउन बलात्कारीले बालिकालाई छतबाट फालेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ८ वर्षीया बालिकालाई कारी नाम गरेका युवाले केही दिनअघि बलात्कार गरेर माथिल्लो तलाबाट तल फालेका थिए ।

घाइते बालिकाको बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको क्रममा मृत्यु भएको हो । प्रहरीले अभियुक्त कारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने अभियुक्त कारी रिजवानले अपराध स्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका