जोडिनुहोस
  • होमपेज
  • ५ महिनामै एलिजाले लिइन् राजनीतिबाट सन्न्यास

५ महिनामै एलिजाले लिइन् राजनीतिबाट सन्न्यास

नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् । एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी हुन् ।

सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् । हाल धरानमा रहेकी एलिजाले लेखेकी छिन्, ‘ उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । ’

यसका साथै काठमाडौँका मेयर बालेन साहसँग वृक्षारोपण गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् ।

साथै उनले सक्रिय राजनीतिक गर्नेहरूलाई एक पटक धरान पुगेर हर्कको काम हेर्न अनुरोध पनि गरेकी छिन् । उनले अब आफ्ना आगामी दिन समाजसेवामा नै सक्रिय हुने बताएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका