जोडिनुहोस
  • होमपेज
  • अवैध लागूऔषधसहित पाँचजना पक्राउ

अवैध लागूऔषधसहित पाँचजना पक्राउ

देशका विभिन्न स्थानबाट पाँच जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका १५ बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३३ मिलिग्रामसहित सोही महानगरपलिका १७ बस्ने १९ वर्षीया अनिता बैठालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा बैठाले उक्त पदार्थ विराटनगर महानगरपालिका १७ घर भई सोही महानगरपालिका १६ बर्मा टोल डेरा गरी बस्ने ३० वर्षीया सरस्वती गुरूङबाट ल्याएको खुल्न आएपश्चात प्रहरीले गुरूङको कोठा तलासी गर्दा डिजिटल तराजु १ थान फेला पारी उनलाई समेत पक्राउ गरेको हो । मोरङकै पथरीशनिश्चरे नगरपालिका ४ बकाईनोडाँडा बस्ने ३३ वर्षीय चित्र कुमार विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २५ ग्राम, मोबाइल ५ थान र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका(५ बस्ने २२ वर्षीय स्मार्ट थेवेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सिरहाको लहान नगरपालिका १२ भोटिया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार ९ सय ९० रूपैयाँसहित सोही ठाउँ घर भई सोही नगरपलिका १२ भोटिया टोल डेरा गरी बस्ने २३ वर्षीय अजय कुमार पुर्वे सुडीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुडीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?