जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ ।

यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका