जोडिनुहोस
  • होमपेज
  • भोली काठमाडौंमा ओमेगा फाइट च्याम्पियनशिप हुदैँ

भोली काठमाडौंमा ओमेगा फाइट च्याम्पियनशिप हुदैँ

काठमाडौं – ओमेगा च्याम्पियनशिप प्रवर्धन गर्ने उदेश्यका साथ शनिबार ओमेगा फाइट च्याम्पियनशिप आयोजना हुदैँछ । च्याम्पियनशिपमा ३ प्रोफेसनल खेलका लागी ६ जना फाइटरले प्रर्दशन गर्नेछन् । यस्तै ७ अम्येच्योर खेलका लागी १४ फाइटरले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनशिपमा दुई महिला खेलाडीले समेत कला प्रर्दशन गर्दै प्रर्दशन गर्नेछन् । खेलमा नेपालका खेलाडीका अलावा भारतीय खेलाडीको समेत सहभागिता रहनेछ । कुल २० खेलाडी सहभागी हुने खेलमा ८ भारतीय र १२ नेपाली खेलाडीको सहभागीता रहनेछ ।

मिक्स्ड मार्सल आर्टस् एम.एम.ए केज फाइटिङ नो होल्डर्स बार्ड भनेर चिनिने एक फुल कन्याक्ट खेल हो । जुन स्ट्राइकिङ, ग्रेपलिङ र ग्राउण्ड फाइटिङमा आधारित छ । जसमा बक्सिङ, किक बक्सिङ, जुडो, जु जित्सु लगायत विभिन्न खेल प्रविधिहरु समावेश रहने गरेको छ ।

मिक्स्ड मार्सल आर्टस एम.एम.ए.को आयोजनामा आजको खेल साँझ साढे ५ बजेदेखि राती १० बजेसम्म काठमाडौंको शंखमुलस्थित अनमोल बैंक्युटमा हुदैँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका