जोडिनुहोस
  • होमपेज
  • ओडेसामा लगातार दोस्रो रात रुसी हवाई आक्रमण

ओडेसामा लगातार दोस्रो रात रुसी हवाई आक्रमण

कीएभ । रुसी सेनाले युक्रेनमा लगातार दोस्रो रात हवाई हमला गरेको छ । युक्रेनको वायु सेनाका अनुसार ६० वटा भन्दा बढी हवाई आक्रमणको मुख्य लक्ष्य दक्षिणी ओडेसा सहर रहेको थियो ।

रुसले आक्रमणमा कालिबर, केएच–२२ र ओनिस्क क्रुज मिसाइलका साथै इरानमा बनेको साहेद–१३६/१३१ ड्रोनको प्रयोग गरेको थियो । युक्रेनको एयर डिफेन्स प्रणालीले १४ वटा क्रुज मिसाइल र २३ वटा ड्रोन नस्ट गरेको जानकारी दिइएको छ ।

मंगलबार पनि रुसले ओडेसा सहरमा आक्रमण गरेको थियो । क्राइमिया जोड्ने पुलमा आक्रमण गरेको प्रतिक्रिया स्वरुप मस्कोले आक्रमणलाई तीव्र बनाएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका