जोडिनुहोस
  • होमपेज
  • विदेश भ्रमणमा जाने नेपालीले २५०० डलरसम्म सटही सुविधा पाउने

विदेश भ्रमणमा जाने नेपालीले २५०० डलरसम्म सटही सुविधा पाउने

काठमाडौं । विदेश भ्रमणमा गएका नेपालीले पाउन सटही सुविधामा नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । बाह्य क्षेत्रमा सुधार आएसँगै सटहीमा केन्द्रीय बैंक लचिलो बनेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार विदेश जाने नेपाली नागारिकले अब २५०० अमेरिकी डलरसम्म सटही सुविधा लिन पाउने भएका छन् । हालसम्मभारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत एक वर्षमा दुईपटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराउने उल्लेख छ ।

कोभिड को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाएको छ ।

विषेशगरी पर्यटन क्षेत्रका व्यवसायीहरुले विदेशी मुद्रा लिएको ऋण नेपाली रुपैयाँमा नै भुक्तान गर्न सक्ने व्यवस्था गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका