जोडिनुहोस
  • होमपेज
  • हुम्लामा बाक्लो हिमपात,चिसोको कारण जनजीवन कष्टकर

हुम्लामा बाक्लो हिमपात,चिसोको कारण जनजीवन कष्टकर

हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो ।

हिमपात जिल्लाका अधिकांश भूभागमा भई रहेको छ । हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।

बाक्लो हुस्सुका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ । गहुँ जौ, उवा छर्ने समय भएकाले किसानहरू भने खुसी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका