जोडिनुहोस
  • होमपेज
  • बाघको छालासहित कैलालीमा २ जना पक्राउ

बाघको छालासहित कैलालीमा २ जना पक्राउ

धनगढी । कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित दुुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह विष्ट र पाटन नगरपालिका–८ का ३० वर्षका हर्क बहादुर विष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए ।

डीएसपी बरालकाअनुसार उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद भएको छ । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र इप्रका मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका