जोडिनुहोस
  • होमपेज
  • इन्डोनेसियामा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, वेपत्ता सबै यात्रुको सकुशल उद्धार

इन्डोनेसियामा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, वेपत्ता सबै यात्रुको सकुशल उद्धार

केन्दारी । इन्डोनेसियाको सुलावेसी टापुको तटीय क्षेत्रमा सोमबार एउटा काठको डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको खोजी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीको स्थानीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै मध्यरात स्थानीय समयानुसार आइतबार ५ः०० बजे डुङ्गामा ४८ जना यात्रा गरिरहेका जनाएको छ ।

उक्त घटनामा घाइते अवस्थामा उद्धार गरिएका छ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने डुङ्गा डुब्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

दक्षिणपूर्वी सुलावेसीको केन्डारी शहरमा स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख मोहम्मद अराफाले अन्य २७ जना यात्रुको खोजी भइरहेको र मृतक सबैको सनाखत भइसकेको बताएका छन् । एजेन्सीले यसअघि १९ जना हराइरहेको बताएको थियो तर अराफाले खोजी कार्य अब ‘समाप्त भएको’ बताएका छन् ।

स्थानीय उद्धार कार्यालयका प्रवक्ता वाह्युदिनका अनुसार डुङ्गा मुना टापुको ‘सेन्ट्रल बुटन रिजेन्सी’को लान्टो र लगिली गाउँको बीचमा रहेको खाडी पार गरिरहेको थियो । वाह्युदिनले डुङ्गामा अत्यधिक भार भएको स्थानीय सञ्चारमाध्यममा आएको समाचारको पुष्टि नभएको बताएका छन् ।

इन्डोनेसियाली सञ्चार माध्यमकाअनुसार गाउँलेहरू स्थानीय उत्सव मनाउन डुङ्गामा चढी यात्रारत थिए । सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

गत वर्षको मे महिनामा पूर्वी नुसा तेङ्गारा प्रान्तमा ८०० भन्दा बढी मानिस बोकेको एउटा डुङ्गा पानीमा डुबेको थियो र दुई दिनसम्म अड्केको थियो । उक्त दुर्घटनामा कोही पनि हताहत भएका थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका