जोडिनुहोस
  • होमपेज
  • नेपालमा गाडी दुर्घटनाको अवस्था भयावह स् ५ वर्षमा ११ हजार जनाभन्दा धेरैको ज्यान गयो

नेपालमा गाडी दुर्घटनाको अवस्था भयावह स् ५ वर्षमा ११ हजार जनाभन्दा धेरैको ज्यान गयो

नेपालमा गाडी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । हजारौँ व्यक्ति अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् ।

गाडी दुर्घटनाबाट गएको पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले ज्यान गुमाएका छन् । २७ हजार सात सय २६ जना गम्भीर घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण एक हजार तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।

प्रदेशगतरूपमा गाडी दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै मधेश प्रदेशमा छ । मधेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बाग्मती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय र कर्णाली प्रदेशमा ६० जनाले गाडी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

यसैबीच चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म गाडी दुर्घटनाबाट काठमाण्डौ उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका