जोडिनुहोस
  • होमपेज
  • नाबालिगलाई प्रवेश गराएको आरोपमा एलओडीका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध मुद्दा दायर

नाबालिगलाई प्रवेश गराएको आरोपमा एलओडीका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । चर्चित एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

यस प्रकरणमा फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । रविन भने फरार छन् । उनीहरूविरुद्ध बालबालिकाविरुद्ध कसुर गरेको आरोप लगाइएको छ ।

सरकारी वकिलले ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय माग गरेका छन् ।

एलओडीमा प्रवेश गरेकी १५ वर्षीया बालिका त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको भेटिएपछि प्रहरीले एलओडीका दुईजना सञ्चालकलाई पक्राउ गरेको थियो । तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छाडेपछि कर्मचारीलाई पक्राउ गरिएको हो ।

यो घटनामा सञ्चालकले भने उन्मुक्ति पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका