जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोजमा

कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोजमा

काठमाडौं । नेपाली कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने भएको छ।

करिब एक वर्षपछि बसेको केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै बुधबार सभापति शेरबहादुर देउवाले अर्को बैठकको मितिबारे जानकारी दिएका हुन्।

कांग्रेसको विधानमा बैठक दुई–दुई महिनामा बस्नुपर्ने व्यवस्था छ। यही विधानअनुसार २ महिनापछि बैठक बोलाइएको हो।

असोजमा केन्द्रीय कार्यसमिति बैठक बसेपछि मंसिरमा महासमिति बैठक बस्नेछ। मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका