जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य सूची तय गर्दै हिजो आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य स्थिर कायम भएको हो ।

महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । हिजो आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य स्थिर कायम थियो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका