जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको थियो । विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका