जोडिनुहोस
  • होमपेज
  • नेप्से सूचक २१ सयको अंकमा झर्यो

नेप्से सूचक २१ सयको अंकमा झर्यो

काठमाडौँ । मौद्रिक नीतिपछि लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आइतबार पनि घटेको छ । आइतबार नेप्से सूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा ओर्लिएको हो ।

आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.१७ अंकले घट्दै ३९९.६६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

२६ अंकमाथिले नेप्से सूचक घटेको यस दिन २ अर्ब ५० करोड रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।

यसदिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक २.३२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.०८ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.०७ प्रतिशतले घटेको छ । अन्य समूहहरूको उपसूचक २ प्रतिशत भन्दा कमले घटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका