जोडिनुहोस
  • होमपेज
  • टीआरसी विधेयकमा संसदमा ढिलासुस्ती भयो : प्रधानमन्त्री प्रचण्ड

टीआरसी विधेयकमा संसदमा ढिलासुस्ती भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरेको छन् ।

टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार लगायतसँग भेट गरेका छन् । भेटका क्रममा उनले सरकारले प्राथमिकतामा राखेका विधेयकहरुमा ढिलासुस्ती भएको गुनासो गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा चासो राखेको रास्वपा प्रमसख सचेतक परियारले जानकारी दिए ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकको काम के हुँदै छ भनेर उहाँ (प्रधानमन्त्रधी प्रचण्ड)चासो राख्नु भएको थियो,’ परियारले भने, ‘कानुन समितिले उपसमिति बनाएर छलफल सकाएको र प्रतिवेदन लेखनको काम सुरु गरेको जानकारी गराएँ ।’

प्रमुख सचेतक परियार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य छन् ।

टीआरसीका विषयमा आफूले समेत राजनीतिक रुपमा सरसल्लाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ‘टीआरसीलाई राम्रोसँग अगाडि बढाउन’ समेत भनेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका